यो मन त मेरो नेपाली हो


‘सिटामोल’ फिल्मको नयाँ गीत " रातो पछ्यौरी" सार्वजनिक


 काठमाडौँ। फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो।

गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ भने बाबुल गिरीले शब्द, संगीत र एरेञ्ज गरेका छन्। गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथालाई सशक्त बनाउने विश्वास गरिएको छ।

यसअघि सार्वजनिक ट्रेलरले समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेलाहरू र सरकारी उदासीनतालाई हास्य र व्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो।


राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मालगायत कलाकारको अभिनय छ। श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो।

फिल्म तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको हो। कथालेखन प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा गरेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन्।

फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, तथा मुकेश शाहको साउन्ड डिजाइन रहेको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add