यो मन त मेरो नेपाली हो


सकियो छायांकन ‘परिवर्तन’ को /५६ दिनमा सकियो चलचित्रको छायाङ्कन

 काठमाडौ । चलचित्र ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी रहेको निर्माता दीपक सिवाकोटीले जनाएका छन्।


विजय केरुङको निर्देशनमा बनेको चलचित्र झापाको बुद्धशान्ति, कचनकवल, भद्रपुर, अर्जुनधारा, बिर्तामोड, मेचीनगरदेखि विराटनगरसम्म छायाङ्कन गरिएको हो।

सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन्। अन्य कलाकारमा करिश्मा मानन्धर, बुद्धि तामाङ, गौतम तिवारी, आशा पौडेललगायत छन्।

‘दिव्यासी फिल्म्स’को ब्यानरमा बनेको चलचित्रले सीमा सुरक्षा, भ्रष्टाचार र पीडित जनताको कथा बोकेको छ।

निर्माता सिवाकोटीले मूल कथा लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। चलचित्र यो वर्षभित्रै प्रदर्शनमा आउने लक्ष्य छ।




गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add