यो मन त मेरो नेपाली हो


फिल्म 'जहाजैमा' छाडे सौगात मल्लले ,के हो कारण ?

निर्देशक कृषा चौलागाईँको नयाँ फिल्म ‘जहाजैमा’ आगामी भदौबाट छायांकनको तयारीमा छ। जापान, फिलिपिन्स र नेपालमा खिचिने भनिएको फिल्मको मुख्य कलाकारहरूको चयन लगभग अन्तिम चरणमा पुगेको छ। तर, यसैबीच फिल्मका लागि अनुबन्धित अभिनेता सौगात मल्लले भने फिल्मबाट हात झिकेका छन्।सौगात मल्लले ‘जहाजैमा’बाट आफू अलगिएको फिल्मीखबरसँग पुष्टि गरेका छन्।

 हालै खुट्टाको सर्जरी गराएका उनले एक महिना पूर्ण विश्राम गर्नुपर्ने भएकाले फिल्मको तयारीमा जुट्न नसकिने जनाएका छन्। "खुट्टाको कारणले गर्दा फिल्म छाडेको हुँ," सौगातले भने, "भर्खरै सर्जरी गरें, अब एक महिना आराम गर्नुपर्नेछ। त्यसैले तयारी नपुग्ने भएकाले सहमतिमै फिल्मबाट बिदा भएँ।"उनका अनुसार फिल्म ‘जहाजैमा’मा एक्सन दृश्यहरू थिए, जुन हालको अवस्थाले गर्न असम्भव भएको हो।

फिल्म ‘जहाजैमा’ छाडेपछि सौगातले यसै साता नयाँ फिल्म ‘परालको आगो’ साइन गरेका छन्। यस फिल्ममा एक्सन दृश्य नभएकाले स्वास्थ्यमा असर नपर्ने विश्वासले उनले सम्झौता गरेका हुन्। "यसमा मेरो एक्सन छैन, खुट्टालाई अप्ठ्यारो नपर्ने भएकाले फिल्म साइन गरेको हुँ," उनले स्पष्ट पारे।

अहिले सौगात मल्ल फिल्म ‘सिटामोल’को प्रचारमा व्यस्त छन्। तर अब उनी एक महिना विश्राम लिएर ‘परालको आगो’ मा काम थाल्नेछन्।सौगात मल्ल अहिले नेपाली फिल्म उद्योगका सर्वाधिक व्यस्त अभिनेतामध्ये एक हुन्। उनीसँग आधा दर्जनभन्दा बढी नयाँ फिल्महरू लाइनअपमा छन् भने केही प्रदर्शनको पर्खाइमा छन्। यस वर्ष मात्र कम्तीमा सात फिल्म प्रदर्शनमा आउने सम्भावना छ। बैशाखमा ‘जार’, जेठमा ‘जन्ते बाख्रो’ प्रदर्शनमा आइसकेका छन् भने अन्य फिल्महरू पनि रिलिजको तयारीमा छन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add