यो मन त मेरो नेपाली हो


"मलंगा" बनाउंदै चन्दु प्रमुख कलाकार प्रकास बीसी

भारत : भारतको मुम्बैमा रहेका नेपाली कलाकारहरु टिम ठुलै छ त्यसै मध्यका एक हुन प्रकास बि सी जो सन २००३ देखि भारटको मुम्बैमा रहेर आफ्नो काम संगै कलाकारितालाई अगाडी बढाउदै आईरहेका छन । दर्जनौ मियुजिक भिडियो तथा चलचित्रमा पनि अभिनय गरिसकेका प्रकास यो म्युजिक भिडियो फरक पात्रमा देखिदैछन । मैले अहिले सम्म धेरै म्युजिक भिडियोहरु गरे तर यो गीत बाट भने मैले अझै बढी आशा गरेको छु " प्रकास भन्नुहुन्छ। 

सोमबार यस गीतको कलाकार तथा प्राबिधिकलाई अनुबन्धित गरेको जानकारी दिए समाजसेवी तथा कला प्रेमी भुपेन बुढाले । भुपेन बुढा पनि सन २००३ देखि भारतमा नै बसेर समाज सेवा तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आइरहनु भएको छ । र यस गीतको लागी पनि उनले सहयोग गर्दैछन भने उनले यस गीतमा खलपात्रको भूमिका पनि निर्वाह गर्दैछन् । त्यस्तै यस गीतको लागी समाजसेवीहरु  बम खड्का , शंकर बिष्ट , बिक्रम बि क को पनि सहयोग रहने जानकारी निर्माण पक्षले दिएको छ ।  बम खड्का , शंकर बिष्ट , बिक्रम बि क जो भारतको मुम्बैमा नै बसेर दु:ख र अफ्ठेरोमा परेका नेपालीहरुलाई सहयोग र साथ दिनेकाममा अघि छन । "हामि जे जस्तो भएनी नेपाली हौ दु:ख कसैको देख्न सक्दैनौ सहयोग गर्न मन लाग्छ गरिरहेका नि छौ र सकुन्जेल पनि गर्नेछौ " बिक्रम बि कले भन्नु भयो  


"हामीले हिन गीत भएपनि नेपाली दाजुभाई मिलेर आफ्नै दाजु भाईलाई सहयोग गर्दै राम्रो भिडियो बनाउनेछौ "अर्का सहयोगी समाजसेवी तथा कला प्रेमी टेकेन्द्र ठकुल्लाले बताउनु भयो  ।    टेकेन्द्र ठकुल्ला पनि बिगत लामो समयदेखि भारतमा नै रहेर समाज सेवा र आफ्नो व्यावसाय गर्दै आइरहनु भएको छ।  

मुम्बईको प्रख्यात ठाउँहरु चर्च गेट , गेट वे अफ इन्डिया र मारिन ल्याण्ड तथा इनाफिनिटि मलमा छायांकन गरिने यस गीतमा शब्द शिवभ मिश्राको रहेको छ भने संगीत र आवाज सौरब पण्डितको रहेको छ । 'म फरक तरिकाको गर्ने कोसिस गर्दैछु र पक्कै सफलता पनि  हात पर्ने छ ,किनभने मसंग राम्रो टिम छ " निर्देशक चन्दु ताम्राकारले भन्नुभयो । चन्दु ताम्राकार आफैमा राम्रो अभिनय गर्ने कलाकार पनि हुन , उनले भारत र नेपालमा गरेर दर्जनौ हिन्दी तथा नेपालीगीतहरुमा अभिनय पनि गर्नु भएको छ ।  चित्रखबरको तर्फबाट शुभकामना सम्पूर्ण "मलंगा"  टिमलाई   । 





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add