यो मन त मेरो नेपाली हो

भदौ २० गतेबाट चल्ने ‘रिमै’ को टिम व्यापक प्रचारमा

 ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम

काठमाडौँ। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता रहेको थियो ।

आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा सिनेमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो ।

कलाकार, निर्माता तथा निर्देशकलगायत सिनेमासँग सम्बन्धित सम्पूर्ण टोली आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सहभागी थिए । सिनेमाको निर्माण टिमसहित आदिवासी जनजाति समुदायका अभियानकर्ता हातमा ब्यानर, प्लेकार्ड र सिनेमाको नाम अंकित पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै सहभागीलाई सिनेमाप्रति आकर्षित पारेका थिए ।सिनेमा ‘रिमै’ टिमका सदस्यले आदिवासी दिवसलाई केवल उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकका रूपमा लिएको बताए । सिनेमाका निर्देशक खिल बहादुर गुरुङले सिनेमामार्फत पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सहभागिताले कलाकार तथा सिनेमाकर्मी पनि सामाजिक तथा सांस्कृतिक मुद्दाप्रति सचेत र प्रतिबद्ध रहेको सन्देश दिएको दाबी निर्देशकसहितको टिमको छ । साथै, र्‍यालीमा सहभागी दर्शक तथा समर्थकले ‘रिमै’ टिमको पहिचानमूलक उपस्थितिको प्रशंसा गर्दै सिनेमा हेर्ने उत्सासहित रहेको प्रतिक्रिया दिएका थिए ।


गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।


उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add