यो मन त मेरो नेपाली हो

टिकटकर आभा ढुंगाना देखिंदै फिल्मी पर्दामा / ‘कश्यप’मार्फतको डेब्यु गर्दै

काठमाडौं। चर्चित टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना पहिलोपटक नेपाली रजतपटमा कदम राख्न लागेकी छन्। निर्देशक दिनेश जी खड्काले फिल्म ‘कश्यप’ का लागि नयाँ अनुहारलाई प्राथमिकता दिँदै, आभाको स्क्रिन टेस्ट र अभिनय क्षमता मूल्याङ्कनपछि उनलाई मुख्य भूमिकामा अनुबन्धित गरेका हुन्।

भूमिकामा थप यथार्थता र प्रभावशाली प्रस्तुति दिन आभाले हाल एक्सन दृश्यको विशेष प्रशिक्षण गरिरहेकी छन्। निर्माण पक्षका अनुसार, यो तयारीले उनको पात्रलाई अझ दमदार बनाउन मद्दत गर्नेछ।यसै फिल्ममार्फत बाल कलाकार रिद्धी खत्री पनि नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। कडा प्रतिस्पर्धी अडिसन प्रक्रियाबाट चयन भएकी रिद्धीलाई ‘कश्यप’ मा महत्वपूर्ण पात्रको जिम्मेवारी दिइएको छ। उनको अभिनयले कथामा नयाँपन र गहिराई थप्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

यसअघि, फिल्मको फष्टलुक पोस्टरमा एक्सन हिरो सविन श्रेष्ठलाई प्रस्तुत गरिँदा दर्शकमाझ उत्सुकता थपिएको थियो। प्रेम, एक्सन र संगीतको आकर्षक संयोजनसहित ‘कश्यप’ पूर्ण रूपमा मनोरञ्जनात्मक फिल्म हुने र चाँडै छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add