यो मन त मेरो नेपाली हो


पशुमा हर्मोन प्रयोग गर्नु दण्डनीय

कुकुरले बच्चा नजन्माओस् भनेर सङ्गिनी सुई (डिपो) लगाउने मात्र हैन, खसीबोका र बङ्गुरमा पनि लगाउने गरेको पाइएको भन्दै नेपाल पशु चिकित्सा परिषद्ले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ ।

खसी दुब्लायो भने नाम्ले र जुकाको औषधी खुवाउनुको सट्टा डिपो लगाउनेक्रम बढेको जानकारी आएको भन्दै त्यस्तो काम कसुर हुने भएकाले कारबाही गर्न सक्ने परिषद्का उपाध्यक्ष मनोज शाहीले बताउनुभयो ।

नेपालका कानुनले अनावश्यक रूपमा पशुमा हर्मोन प्रयोग गर्नु दण्डनीय कार्य भएको उल्लेख गरेको छ । कुकुरलाई सङ्गिनी सुई लगाउने कार्य हुँदै आएको समाचार प्रकाशन भएको थियो । उहाँले यस्ता काम भएको देखिएमा नेपाल पशु चिकित्सा परिषद्मा उजुरी गर्न आग्रह गर्नुभयो ।

हर्मोनल थेरापी आवश्यक परेको अवस्थामा विज्ञको परामर्श वा निगरानीमा गर्न सकिने भए पनि पशुको तौल बढाउन, गर्भ बस्न नदिन प्रयोग गरेको पाइएमा परिषद्मा उजुरी दिन अनुरोध गरेको हो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add