यो मन त मेरो नेपाली हो


यम शेर्पाको ‘मिरमिरे’ को छायांकन सम्पन्न, माघ १ देखि प्रदर्शन

काठमाडौं । निर्देशक यम शेर्पाले निर्देशन तथा लेखन गरेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘मिरमिरे’को मुख्य छायांकन कार्य सम्पन्न भएको छ। कुल ३५ दिनमा काभ्रेका विभिन्न स्थान र मकवानपुरको ऐतिहासिक चित्लाङमा चलचित्र खिचिएको हो। अब मात्र एउटा गीतको छायांकन बाँकी रहेको निर्देशक शेर्पाले जानकारी दिए।

यार्सा फिल्म्सको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु प्रमुख भूमिकामा छन्। साथै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको पनि दमदार उपस्थिति रहनेछ। बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।


चलचित्रको छायांकन आलोक शुक्लाले गरेका छन्। निर्माणतर्फ निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा मुख्य निर्माता छन् भने गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता रहेका छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल हुन्।


यसमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप कलाकार र दिलीप पन्त निर्माण नियन्त्रकको भूमिकामा छन्। चलचित्रको देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।


‘मिरमिरे’ माघ १ गतेबाट देशभर प्रदर्शनमा आउने छ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add