यो मन त मेरो नेपाली हो


टासी छिरिङ भुटियालाई औपचारिक स्वागत / को हुन् छिरिङ भुटिया ?

काठमाडौं। नेपाली चलचित्रको विकास, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ आयाम दिन नेपाल सरकारको चलचित्र विकास बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा भव्य रूपमा स्वागत गरेको छ।

स्वागत कार्यक्रममा दुवै बोर्डबीच निकट भविष्यमा हुने सहकार्यका सम्भावनाहरूमा सकारात्मक र फलदायी छलफल भएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष डि.सी.ले नेपाली चलचित्रका लागि सिक्किमसँगको सहकार्यलाई स्वर्णिम अवसर भन्दै भुटिया र उनको टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। पछिल्ला ६ महिनामा दुवै पक्षबीच तीन पटक भेट भए पनि, भुटिया सिक्किम सरकारले बोर्ड अध्यक्षमा नियुक्त भएपछिको यो पहिलो आधिकारिक भेट हो।


कार्यक्रममा सिक्किमतर्फबाट मनोज लामा, दास तामाङ, उत्तम प्रधानलगायतको सहभागिता थियो। नेपालतर्फ वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, भारती घिमिरे, चलचित्र विकास बोर्डका सदस्य सन्तोष लोहनी, वीरेन्द्र भट्ट, गणेश सुवेदी, सदस्य–सचिव राजेश थापा, कलाकार जीवन लुइटेल, जितु नेपाल, पञ्चमी घिमिरे, सम्पादक नहकुल खड्का, निर्माता केवल तामाङ, श्रद्धा प्रसाई, विक्की अग्रवाल प्रकाश पुरीलगायतको उपस्थिति थियो।


उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त भेटघाटले नेपाल–सिक्किम चलचित्र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add