काठमाडौँ । भाद्र ६ गते शुक्रबारबाट प्रदर्शनमा आएको तीन चलचित्र मध्य नेपाली फिल्म ’माग्ने राजा’ ले शनिबार दर्शकबाट राम्रो साथ पाएको छ ।कमेडी र सन्देश बोकेको केदार घिमिरे ( माग्ने बुढा) प्रमुख भएर आएको यस चलचित्रले शनिबार देशैभर हाउसफुलको व्यापार गरेको छ ।।
उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । फिल्मको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् जस्तो चलचित्रको ट्रेलरमा देखाईएको छ ।
त्यस्तै सन्चार्कर्मी सन्तोश देउजाले पनि आफ्नो सामाजिक संजाल फेसबुकमा चलचित्रको तारिफ गर्दै छोटो समिक्षा गर्दै सम्पुर्ण दर्शकहरुलाई चलचित्र हेर्न आग्रह पनि गरेकाछन ।
चलचित्रको लागि बितरण जिम्मा लिएको आर आर फिल्म्सका लागि रोहित कट्टेलले शनिबारको हल टिकट हाउसफुलको स्कृनशर्ट उनले सेर गरेकाछन ।





























0 comments:
Post a Comment