यो मन त मेरो नेपाली हो


Friday Release ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’,र ‘ताराहरू’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’, र ‘ताराहरू’ आजबाट प्रदर्शनमा आएका हुन् ।

केदार घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’लाई ऋषि लामिछानेको निर्देशन गरेका छन् । कमेडी जनराको यो चलचित्रले दर्शकलाई हसाउँदै गम्भीर सन्देश पनि दिने बताइएको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् ।


नरेन्द्र मैनालीले खिचेको चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ । चलचित्रमा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा बलियो लाइनअप रहेको छ । चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रेअर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

‘ताराहरू’ आशान्त शर्मा निर्देशन गरेको चलचित्र हो । यो मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथा उठान गरेको चलचित्र हो ।

चलचित्रको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा र अभिनेत्री मेनुका प्रधान छन् । सिनेमामा अन्य कलाकारहरूमा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक शर्माकै कथा रहेको चलचित्र वेज प्रालिको प्रस्तुति हो । चलचित्रका निर्मातामा गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा तथा सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन् । सरद महतोले छायांकन गरेको सिनेमा विनोद पाण्डेको सम्पादन छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add