यो मन त मेरो नेपाली हो


राखी भिडियो प्रतिस्पर्धा घोषणा गर्दै ‘अभिमन्यु’को पहिलो गीत सार्वजनिक


काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को भावनात्मक गीत ‘माली’ सार्वजनिक गरिएको छ। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको यस गीतमा विषम आचार्यले संगीत संयोजन गरेका छन्।‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएर पहिचान बनाएका शिवाकोटीले यसपटक दाजु बहिनीबीचको निस्वार्थ प्रेम र दायित्वको भावनालाई गीतमार्फत प्रस्तुत गरेका छन्। बहिनीप्रतिको माया, हाँसोमा समेटिएको संसार र त्यसको रेखदेखमा समर्पित दाजु ‘माली’ बनेर प्रस्तुत हुन्छन्।

रक्षाबन्धनको अवसरलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतसँगै निर्माण टिमले विशेष भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ।निर्माण पक्षले जानकारी दिँदै भनेको छ, “दाजु–बहिनी वा दिदी–भाइबीच राखी बाँधिएको क्षण समेटेर तयार पारिएको भिडियो हामीसँग सेयर गर्नुहोस्। उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।”

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ आगामी भदौ २७ गते नेपाली संस्करणमा रिलिज हुँदैछ भने हिन्दी संस्करण सेप्टेम्बर २२ (असोज ६) मा विश्वव्यापी प्रदर्शनमा ल्याइनेछ।


“हामीले यो गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुहुन अनुरोध गर्छौं,” निर्माण टिमले भनेको छ, “उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकमको पुरस्कार राखेको छौँ ।”

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add