यो मन त मेरो नेपाली हो


 

सुबिनाको तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक

काठमाडौँ । हरितालिका तीज नजिकिँदै गर्दा नयाँ-नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम तिव्र बन्दै गएको छ। यही सिलसिलामा गायिका सुबिना श्रेष्ठको स्वरमा नयाँ तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक भएको छ।

गीतमा सुबिना श्रेष्ठसँगै गायक राजु आरडीको स्वर रहेको छ भने शब्द र संगीत पनि उनकै छन्। भिडियोको निर्देशन ईश्वर बल्लभ उप्रेतीले गरेका छन्।संगीत भिडियोमा कलाकारहरु हरिकुमार भण्डारी, रेजिना उप्रेती र प्रकाश बानले अभिनय गरेका छन्। तीज पर्वको सांस्कृतिक झल्को, परम्परागत पहिरन र आधुनिक परिवेशको समिश्रणले भिडियोलाई आकर्षक बनाएको छ।भिडियोलाई रामेश्वर हुमागाईंले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन र कलरिङको जिम्मेवारी सम्हालेका छन्।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add