यो मन त मेरो नेपाली हो


 

‘मोहर’को ट्रेलर: पाँच देशमा ट्रेन्डिङ / २४ घन्टामै साढे चार लाख भ्युज

काठमाडौँ।  फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा समेत परेको छ ।

ट्युबको मुभी ट्रेलर सेक्सन अन्र्तगत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ । यस्तै, मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ ।२० हजार बढी लाइक पाएको ट्रेलरले ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया युट्युबमा पाएको छ । अधिकांश प्रतिक्रियाहरु सकारात्मक छन् । दर्शकहरुले अपेक्षा गरेको भन्दा उत्कृष्ट ट्रेलर आएको बताएका छन् ।

चुम्बन जंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । साउनको २३ गतेबाट रिलिजमा आउने यो फिल्मले देउकी प्रथाको कथा भन्छ ।

फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स, थ्रील समावेश छ । साथै, फिल्मले दर्शकलाई भावनामा बगाउने समेत देखिन्छ । सामाजिक संजाल टिकटकमा पनि फिल्मको ट्रेलरले उत्कृष्ट समीक्षा पाइरहेको छ । फिल्मको ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहका कारण बक्स अफिसमा फिल्मले सुखद कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add