यो मन त मेरो नेपाली हो


 

‘जनक्रान्ति’ निर्माण घोषणा , फाल्गुन १ गते रिलिज हुने

काठमाडौँ। गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।

पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।

रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए ।

चलचित्रमा गणतन्त्र स्थापनाका लागी भएका बिभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए । सत्य घटनामा आधारीत हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायाँकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पुर्बि नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाही मा गरिने छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add