मुम्बई : भारतको मुम्बई सपनाको सहर अनि सपनाको सहरमा आफ्नै काम र व्यावसायमा मस्त आम मानिस जहाँ नेपालीहरुको पनि कमि छैन । आफ्नै व्यवसाय र काममा तल्लिन छन् नेपालीहरु । जे जस्तो काम भएपनि इमान्दारी संग काम गर्ने नेपालीहरुको लक्ष्य हुन्छ । यहि मुम्बैमा बस्ने एक परिवारको कथा हो लघु चलचित्र "आफ्नै गाउँ फर्केर आए" ।
आईतबार एल सि फिल्मसको युटुब च्यानल बाट सार्वजनिक भएको छ । लामो समय देखि भारतको मुम्बईको पुणेमा बिभिन्न सांगीतिक कार्यक्रमका साथै म्युजिक भिडियो , विज्ञापन , फिल्म, टेलिफिल्म निर्माण गर्दै आइरहेको, एल सि फिल्मले मुम्बईका कलाकारहरूलाई लियर "आफ्नै गाउँ फर्केर आए" निर्माण गरेको हो ।
कलाकारहरू प्रकाश बि सि जो २००५ देखि हाल सम्म पनि भारतमा बसेर कलाकारिता गर्दै आइरहनु भईरहेको छ र यसमा कलाकार पप्पु ददेल र कुसुम भट्ट लगायका कलाकारहरूको पनि जिवन्त अभिनय रहेको छ ।
मुम्बई चित्रखबर सहकर्मी चन्दु ताम्रकार संगको कुरामा कलाकार प्रकास बिसी भन्नुहुन्छ " फरक कथामा बनेको छ हाम्रो यो लघु चलचित्र ।
मनसुन जयगडीको प्रस्तुतिमा लोकेन्द्र जयगडीले निर्देशन गरेको रहेको "आफ्नै गाउँ फर्केर आए" अईतबार २७ जुलाईका दिन एल सि फिल्मसको युटुब च्यानल बाट सार्वजनिक हुँदैछ । लघु चलचित्र "आफ्नै गाउँ फर्केर आए" उत्कृष्ट बनेको छ केही महिना पछी फिल्म फेस्टिवलमा समेत समावेश हुने जानकारी निर्देशक जयगडीले दिएकाछन ।
0 comments:
Post a Comment