यो मन त मेरो नेपाली हो


 

भदौ ६ मा आउने माग्ने राजा’ मा यस्तो छ ‘माग्ने बुढा’को गेटअप

आगामी भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सावजनिक गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रममा तीनवटा पोस्टरको घुम्टो उघारियो । उक्त कार्यक्रममा अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ फिल्मकै गेटअपमा उपस्थित भएका थिए । पोस्टरमा उनको गेटअप हेर्दा फिल्ममा उनको पात्र धनाड्य रहेको बुझ्न सकिन्छ ।


तीनमध्ये एक पोस्टरमा केदार कुर्सीमा पैसासहित रिसाहा मुद्रामा बसेका छन् । पहेँलो सर्ट र पाइट लगाएका उनको गलादेखि हातका औंलासम्म सुनै सुन देखिन्छ । उनको यही गेटअप अन्य दुई पोस्टरमा पनि छ । दोस्रो पोस्टरमा उनीसहित वर्षा सिवाकोटी र विल्सन विक्रम राई चित्रित छन् । वर्षाले सुटकेस बोकेकी छन् भने विल्सन दुई हातमा पैसा समातेर खुसी मुद्रामा देखिएका छन् ।

तेस्रो पोस्टरमा केदार र वर्षालाई पैसाको बन्डलसहित अचम्मित भावमा देख्न सकिन्छ । यो पोस्टर भने केही दिनपछि सार्वजनिक गरिने जनाइएको छ । तीनवटा पोस्टरले फिल्मको कथा पैसाको वरिपरि घुमेको संकेत गर्छ । निर्देशक ऋषि लामिछानेका अनुसार धनी बन्ने महत्त्वाकांक्षाको कथामा फिल्म बनेको हो । ‘माग्ने राजा’ले केदारको करिअरलाई अझ उचाइमा पुर्‍याउने उनको दाबी छ ।

दाङको घोराही उपमहानगरपालिका-४ का वडा अध्यक्ष समेत रहेका मुनाल घिमिरेको लगानीमा बनेको यो फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको पनि अभिनय छ भने विशेष भूमिकामा आर्यन सिग्देल छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन तथा दीपक शर्मा र बाबुल गिरीको गीतमा संगीत रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add