यो मन त मेरो नेपाली हो


 

ग्वार्को फ्लाइओभरको उद्घाटनमा यस्तो देखियो

 प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्को फ्लाइओभरको उद्घाटन गरे, जुन नेपालकै पहिलो हो र १७ करोडमा बनेको हो।

फ्लाइओभरले ग्वार्को चोकको ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ, प्रधानमन्त्री ओलीले विकासको निरन्तरता र आर्थिक लाभबारे कुरा गरे।




प्रधानमन्त्रीले दैलेखमा मिथेन ग्यास र फलाम कारखानाको उदाहरण दिँदै देशको विकास र रोजगारी सिर्जनाबारे चर्चा गरे।

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँस्थित चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको उद्घाटन गरेका छन् । १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण गरेको फ्लाइओभर नेपालकै पहिलो हो ।

कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुनु खुसीको कुरा भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान हुने बताए । 

साथै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।

‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरू खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । ’


निराशा र असन्तुष्टि व्यक्त गर्नु नहुने भन्दै प्रधानमन्त्रीले आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्नेमा जोड दिए । सुनकोसी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको अवस्थाका रूपमा अगाडि बताए । मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने प्रधानमन्त्रीको भनाइ छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add