यो मन त मेरो नेपाली हो


 

‘कमेडी दरबार’को अमेरिका टुर रद्द: ‘यसो भन्छन आयोजक

फ्लाइ नेपालले ‘कमेडी दरबार’का निर्देशक तथा होस्ट विक्की अग्रवाल सँगै केही कलाकारहरूलाई लिएर आयोजना गर्न लागेको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको घोषणा गरेको छ । यो घोषणासँगै नेपाली कमेडी प्रेमीहरूमा निराशा छाएको छ ।

केही समयअघि पत्रकार सम्मेलन गर्दै ‘अब हाँस्छ अमेरिका २’ मा कलाकारहरू विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठ र विक्की अग्रवाल सहभागी हुने जानकारी गराइएको थियो । तर, फ्लाइ नेपालका अनुसार कलाकारहरूको सोही टोलीले उस्तै प्रकृतिको अर्को कार्यक्रमका लागि सम्झौता गरेको भन्दै फ्लाइ नेपालले आफ्नो सम्झौता रद्द गरेको हो ।

फ्लाइ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै दर्शकहरूसँग पनि क्षमा मागेका छन् । फ्लाइ नेपालको बुझाइमा ‘कमेडी दरबार’को टिमले ‘व्यावसायिक धर्म प्रतिकूल आचरण’ गरेको छ । यस विषयमा ‘कमेडी दरबार’को टिमले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add