यो मन त मेरो नेपाली हो


 

२५ लाखको फिल्म गर्दै अनमोल ! पारिश्रमिक कति ?


नेपाली चलचित्र नगरीमा सफल अनि महंगा कलाकारको रुपमा आफ्नो नाम बनाएका नायक अनमोल के सी सबैभन्दा महँगो कलाकारको रुपमा चीनिन्छन । उनले करिब ५० लाख सम्म पनि पारिश्रमिक लिएको खबर चित्र नगरीमा चर्चामा थियो । अब भने उनले आफ्नो लिने गरेको पारिश्रमिक भन्दा आधा बजेटमा नै बन्न लागेको चलचित्रमा अभिनय गर्न लागेकाछन ।   

आफ्नो करिएर कै सस्तो  चलचित्र ‘बाटुलो जून’ बाट उनि फेरी चित्र नगरीमा पर्दार्पण गर्ने भएका छन ।  अभिनेता भुवन केसीको निर्देशन र जिया के सिको निर्माण रहने चलचित्र ‘बाटुलो जून’ लाई करिब २५ लाखमा निर्माण गर्ने निमात्री जिया केसीले बताएकी छिन । चलचित्र दर्ता गर्दा बिकास बोर्डमा चलचित्र निर्माण लागत २५ लाख उल्लेखित गरीएता पनि चलचित्र निर्माण गर्दा गर्दै ५० , ५५  लाख लाग्ने अनुमान जिया केसीले गरेकी छिन । 

‘बाटुलो जून’मा अनमोल गाउँले भूमिकामा देखिने जनाइएको छ । त्यसका लागि उनले जुँगा पालेका छन् । यही असार दोस्रो साता मकवानपुरको चित्लाङमा फिल्मको पहिलो चरणको छायांकन गरिँदैछ । यसपछि अनमोलले ‘जेरी अन टप’को गीत सकाएपछि दोस्रो चरणको छायांकन सुरु गरिने जनाइएको छ । ‘बाटुलो जून’लाई यसै वर्षको अन्त्यसम्म रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।   

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add