यो मन त मेरो नेपाली हो


सलोनको चलचित्र रंगी’ को दोस्रो पोस्टर सार्वजनिक

भोला सुबेदी (प्रणव)

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्म निर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । पोस्टरमा साइकलमा रहेका सलोनले फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सलोन र आयुषी खुशी मुद्रामा छन् । सलोनको अगाडि नायिका नम्रता लजालु भावमा उभिएकी छन् । पात्रको पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली देख्न सकिन्छ ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ‘मिस वल्र्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठको यो डेब्यू फिल्म हो । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।


सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add