यो मन त मेरो नेपाली हो


हमालको ‘नरसिंहा: अवतार’ चैत्र २९ मा

भोला सुबेदी (प्रणव)
काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बनेको सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति घोषणा गरिएको हो । नयाँ बर्षको छेको पारेर यो सिनेमा चैत्र २९ बाट प्रदर्शनमा आउने छ । दिवाकर भट्टराइकै लेखन रहेको सिनेमाबाट राजेश हमाल लामो समयपछि नेपाली सिनेमा क्षेत्रमा कमब्याक गर्दैछन् ।



सिनेमा ‘नरसिंहाः अवतार’मा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।


सिनेमामा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ । सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add