यो मन त मेरो नेपाली हो


‘आउटलः दफा २१९’को फागुन २९ गतेबाट प्रदर्शनमा आउने


असोजको ३ गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म अब फागु पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर रिलिज हुने पक्का भएको हो ।



विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशिल श्रेष्ठको लुक्स गज्जब छ । हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ । यसले पनि फिल्म कुन जनरामा निर्माण भएको छ भनेर सजिलै वुझ्न सकिन्छ ।फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ ।

विनोद कठायत कार्यकारी निर्माता रहेको यो फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । फिल्ममा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ ।


फिल्मका लागि यसको निर्माणपक्षले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य पनि खिचेको छ । जसकाकारण, फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाई भएको निर्माणपक्षले बताएको छ ।यो फिल्मले नायक सुशिल श्रेष्ठलाई फिल्म क्षेत्रमा बलियो कमब्याक गराउने अपेक्षा गरिएको छ । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add