यो मन त मेरो नेपाली हो


नरेशको नयाँ गीत ‘हाँसीराख माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना रहेको गीत ‘हाँसीराख माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलोडियस सङ्गीतकार सुनिल मास्केको सङ्गीत र मोनिका राईको स्वर रहेको छ। यसअगाडि नरेश र सुनिलले आधा दर्जन बढी गीतमा सहकार्य गरिसकेका छन् ।

स्टेज, टेलिभिजन शो र रेडियोमा व्यस्त नरेश भट्टराई फुर्सदमा गीत लेख्ने गर्दछन्। उनको चलचित्र र अन्य एल्बमका गरेर ३०० भन्दा धेरै गीत रेकर्ड भई सकेका छन्। चर्चित टेलिभिजन शो ‘मेरो एउटा साथी छ रिलोडेड’ छिट्टै प्रशारण हुने तयारीमा छ।

सिडी एल्बम निकाल्ने पहिलो गायक र सङ्गीतकारको रुपमा परिचित सुनिलले नयाँ प्रतिभालाई अवसर दिने सङ्गीतकर्मीका रुपमा परिचित छन् । गीतमा प्रदीप श्रेष्ठको एरेञ्ज, किशोर थापाको मिक्सिंग रहेको छ ।

गीतको भिडियोमा गायिका राई नै फिचर्ड छिन् । पछिल्लो समयका व्यस्त तथा चर्चित निर्देशक युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा निशल पौडेलको छायांकन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ । गीतको अडियो जस्तै भिडियो पनि उत्कृस्ट बनेको छ। गीतको भिडियो सुनिल मास्केको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add