यो मन त मेरो नेपाली हो


सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो

काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 


 अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु तथा सरकारले भन्सारदर समेत घटाएका कारण मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बाह्रखरीसित बताए ।

 यस दिन चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको एक हजार ९६० रुपैयाँ कायम थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add