यो मन त मेरो नेपाली हो


‘सत्यवीर’मा खलपात्र शाह


काठमाडौं : विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्ध भएका छन् । ‘लभ स्टेशन’, ‘साङ्लो’, र पछिल्लो रिलिज सिनेमा ‘रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्ध गरेको निर्माण टिमले जानकारी गराएको छ ।


‘सत्यबिर’को निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने सिनेमा आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । सिनेमामा शाहले पोजिटिभ या नेगेटिभ कुन भुमिका खेल्ने निर्माण टिमले खुलाएको छैन् । सार्वजनिक पोस्टरमा शाहलाई ‘एङ्री’ लूक्समा देख्न सकिन्छ ।

खड्काले यो सिनेमामा ४० प्रतिशत दृश्य भिएफएक्स रहने बताएका छन् । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा छायांकन गरिनेछ । ‘सत्यबिर’को कथा प्रदीप चौधरीको नै हो । साढे २ करोडको लागतमा निर्माण हुने सिनेमामा परिचित कलाकारहरू नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए ।

शाहसँगै कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी बाहेक निर्माण कम्पनिले फिल्मको ‘कास्ट एण्ड क्रु सर्वजनिक गरेको छैन् । केही हप्तामा औपचारिक कार्यक्रमसहित कास्ट एण्ड क्रू सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add