यो मन त मेरो नेपाली हो


सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ : हलमा दर्शकको रुवाबासी : टिकट अग्रीम सोल्ड आउट

 कार्तिक १५ अर्थात लक्ष्मी पूजाको दिन बाट देशभर एकसाथ प्रदर्शनमा आएको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले यतिबेला चौतर्फी चर्चा पाईरहेको छ । समिक्षकको प्रसंसा सङ्गै दर्शक प्रतिक्रिया समेत एकदम सकारात्मक देखिएको छ ।


हुन त सिनेमाको मोसन पोस्टर देखि टिजर, ट्रेलर र गीत सङ्गीत सम्मले दर्शकको ध्यान राम्रो सङ्ग खिचेको थियो भने सिनेमाको पहिलो सो देखि नै दर्शकहरु रुँदै हलबाट निस्किएका थिए । दर्शकको प्रतिक्रिया सुन्दा यस्तो लाग्छ यो सिनेमा अपेक्षा गरेभन्दा बढी राम्रो छ ।


सिनेमामा गन्दर्भ समुदायको संस्कृति बचाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोण र निम्न वर्गका परिवार माथि उठ्न खोज्दा हुनेखानेहरुले गरिने व्यवहारलाई संकेत गराउन खोजेको भन्दै दर्शकहरुले सामाजिक संजाल मार्फत पनि भनिरहेका छन् । अहिले दर्शकहरुलाई तिहारको देउसी भैलो भन्दा पनि ‘पूर्ण बहादुरको सारङ्गी’को मात लागेको छ भन्दा फरक नपर्ला ।



बा र छोराको कथामा बनेको सिनेमा भए पनि सिनेमामा आमा र छोराको सम्बन्ध पनि हराएको छैन् । सरोज पौडेलले निर्देशन रहेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा, आलिशा बास्तोला लगायत कलाकारहरुलाई देख्न सकिन्छ । 


सिनेमाको संवाद महेश दवाडीले लेखेका छन् भने निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add