यो मन त मेरो नेपाली हो


सलोनले गरे ‘रंगी’को स्क्रिप्ट पूजा / छायांकन भने कार्तिक ५ गतेबाट

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ को स्क्रिप्ट पुजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्मको स्क्रिप्ट पुजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायतको उपस्थिति थियो । 

फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । फिल्मको छायांकन कार्तिक ५ गतेबाट सुरु हुनेछ । निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

 निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।


 सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।




गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add