नेपाली संगीतको आकाशमा बर्सेनि हजारौं गीतहरु निक्लने गर्दछ ती मध्य थोरै चर्चित र धेरै बिलिन हुने गर्दछ र त्यस्तै चाडपर्व लक्षित गीतहरु भने धेरै निस्कने गर्दछ र यी गीतहरु पनि त्यस्तै कसैको कथा सङ्ग मिल्न पुगे हिट नत्र गुमनाम नै हुन्छ ।
अहिले पनि नेपाली हिन्दुहरुको महान चाड बडा दशैको बेला छ र अहिले पनि दशै लक्षित गीतहरु धेरै निस्किएका पनि छन तर ती गीतहरुको भिडमा भने एउटा गीतले राम्रो स्थान पाउने पक्का छ । हाल अमेरिका रहेका अभिनेता प्रजोल गीरी अभिनित गीत " आयो रे आयो दशै आयो" बोलको गीतको कथा अहिलेको नेपालको परीपेक्षमा मिल्दो जुल्दो छ । धन कमाउन बिदेश गएको छोरा आफ्नो बुवा , आमा र श्रीमती अनि गाउँघर सम्झेर परदेशमा नै साथिभाईहरु सङ्ग दशैमा मनमा पीडा बोकेर दशैमा रमाएको गीतले देखाउन खोजेको छ ।
नेपाल र अमेरिकामा छायांकन गरिएको यस गीतलाई सन्देश शाह ले निर्देशन एबम सम्पादन गरेका छन ।प्रजोल गीरी ,कृष्ण कोईराला ,किशोर खतिवडा , प्राप्ती पौडेल,जिबि चिरन , कमल देबकोटा लागयताको अभिनय रहेको यश गीतमा हिमाल सागर र अनु चौधरीको आवाज रहेको छ भने संगीत दिल कृष्ण श्रेष्ठले भरेका छन। आरोही फिल्म्स , वाईड क्यानभास प्रोडक्सन र मेन इन हलिउडको प्रस्तुतीमा निर्माण भएको यस गीतलाई प्रजोल गीरी अफिसिएल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।








0 comments:
Post a Comment