यो मन त मेरो नेपाली हो


इटहरी बाट सुरु भयो फिल्म ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसारात्मक साङ्गीतिक कार्यक्रम


 तिहारको अवसर पारेर यही कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसारात्मक साङ्गीतिक कार्यक्रम इटहरी र धरानमा कार्तिक ३ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रम कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरीबाट सुरु गरिएको थियो । जसमा यो फिल्मका प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल र अन्जना बराइली सहित गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो । मन्डला नाटकघरको जुनकिरी ट्रकको स्टेजमा इटहरीको संगीत चोकमा साङ्गीतिक कार्यक्रमसहित फिल्मको प्रचारप्रसार गरियो ।


 प्रचारप्रसार कार्यक्रममा यो फिल्मका गायक प्रशान्त सिवाकोटीले फिल्मका गीतहरू प्रस्तुत गरे भने सारंगी बाधक बिराजले सारंगीमा र्याप प्रस्तुत गरे । यस्तै इटहरीका युवा कलाकारहरूले बुवा र छोराको भावनात्मक नाटक मञ्चन गरे भने गायक सुरेश कार्कीले आफ्नो ‘रेश्मा’ गीत गाएर उपस्थितलाई रमाइलो गराए । फिल्मका कलाकारहरूले फिल्मको ट्रेलरमा रहेका संवादहरू प्रस्तुत भने इटहरीवासीलाई फिल्म हेर्न आग्रह गर्दै कार्यक्रमलाई सेल्फी खिचेर सम्पन्न गरियो ।


 यता धरानमा साँझ ७:३० बजेबाट पुर्ण बहादुरको सारंगीको प्रचारप्रसारात्मक कार्यक्रम सुरु भयो । अचानक आएको वर्षाका कारण कार्यक्रम केही समय अवरोध भए पनि वर्षा रोकिएपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा धरानका कलाकारहरूले बुवा र छोराको साहित्यिक नाटक मञ्चन गरे भने प्रशान्त र बिराजले आ–आफ्ना प्रस्तुति दिए । धरानबासीलाई फिल्मका प्रमुख कलाकार बिजय, मुकुन र अन्जनाले फिल्म हेर्न आग्रह गर्दै गीतमा नाचेर मनोरञ्जन दिलाए।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add