यो मन त मेरो नेपाली हो


बुवाको संघर्ष र महत्वबारे भिडियाे बनाउनेलाई पुरस्कार दिने ‘पूर्ण बहादुरको सारङ्गी’ले



 अभिनेताद्वय बिजय बराल र प्रकाश सपूत अभिनित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियाे प्रतियोगिता गर्ने भएको छ । चलचित्रको निर्माण टिमले ‘मेरो “बा” को संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियाे प्रतियोगिता आयोजना गरेको हो। प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियाे बनाएर पठाउनुपर्नेछ। 


सहभागीहरुले आफुले बनाएको भिडियाे आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् । सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियाे बनाई purnabahadurkosarangi@gmail.com मा पठाउनुपर्नेछ। साथै, सहभागीहरुले भिडियाे सामाजिक संजालमा पोस्ट गर्दा अनिवार्य रुपमा #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION साथै fb.com/7seascinema अथवा fb.com/7seasentertainment लाई ट्याग गर्नुपर्नेछ।


 सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ। प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ। विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियाे बनाएर पठाउने २० जनाले चलचित्रको २/२ वटा टिकट फ्री पाउनेछन् । 


सहभागीहरुले भिडियाे कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । 


 सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add