यो मन त मेरो नेपाली हो


उच्च ओपनिङको अपेक्षामा प्रदर्शक / बेहुली फ्रम मेघौली’को एडभान्स बुकिङ खुल्यो

‘बिहीबार घटस्थापनामा रिलिज हुन लागेको ‘बेहुली फ्रम मेघौली’का लागि सोमबार नेपाली सिनेमाघरहरुले एडभान्स बुकिङ खुल्ला गरेका छन् ।


 उनीहरुले खोलेको बुकिङले अभिनेत्री स्वस्तिमा खड्काको निर्माण डेब्यू सिनेमालाई बम्बर ओपनिङ दिलाउने आधार तयार पारेको छ। देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर ‘बेहुली फ्रम मेघौली’लाई कूल ७३ शो उपलब्ध गराएको छ जसमा काठमाडौं उपत्यकामा ३२ र मोफसलमा ४१ शो बुकिङ खोलेको छ। 


यस्तै, आइएनआई सिनेमाजले आफ्नो चेनमा रहेका काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएको छ भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो दिएको छ । यसैगरी बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन् । केही हलहरुमा एड्भान्स बुकिङ खुल्ला हुन बाँकी नै छ । सम्भवतः पहिलो दिनका लागि सिनेमाले दुई सय बढि सो पाउनेछ। सिनेमालाई साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन गरेका हुन्। 


 सिनेमामा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ । सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ । कमेडीप्रधान ट्रेलरबाट दर्शकहरुलाई आकर्षित गरेको यो सिनेमाले पारिवारिक दर्शकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । 



यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । 

सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् । सिनेमा ‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुनेछ । दसैँको अवसर पारेर सिनेमा घटस्थापनाका दिन रिलिज हुन लागेको हो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add