यो मन त मेरो नेपाली हो


‘रक्तबीज’को निर्माण घोषणा

निर्माता संजय न्यौपानेले नयाा सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् ।निर्माण न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा सिनेमा निर्माण गरेका थिए । उनले थुप्रै सिनेमामा अभिनय समेत गरेका छन् । यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ ।


 अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गरेका थिए । सिनेमाको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए । संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमालाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता खतिवाडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । निर्माता खतिवडाले राम्रो टिम र स्कृप्ट भएकाले सिनेमामा लगानी गर्न तयार भएको बताए ।अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफुलाई स्कृप्ट र भुमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । यो सिनेमाको मुख्य अभिनेत्री लगायत मुख्य भुमिकामा का मगर्ने केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ ।सिनेमा डार्क एक्सन जनरामा निर्माण हुनेछ । असोजबाट फ्लोरमा जाने सिनेमालाई सौरभ लामाले खिच्नेछन् । सिनेमाको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add