यो मन त मेरो नेपाली हो


‘आरआरआर’को गीतले जित्यो ओस्कार अवार्ड

एजेन्सी। यस वर्षको सफल साउथ इन्डिया फिल्म ‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोमबार लस एन्जलिसको डल्बी थिएटरमा भैरहेको ९५औं ओस्कार अवार्डमा उक्त गीतले ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको हो । ओस्कारको मञ्चमा उक्लिएर गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरवानीले ट्रफी उचालेका थिए ।


ओस्कार अवार्डमा ‘आरआरआर’का निर्देशक एसएस राजामौली, अभिनेताद्वय रामचरण र जूनियर एन्टिआर पनि सहभागी थिए । यसअघि गोल्डेन ग्लोबको ८०औं संस्करणमा पनि ‘नाटू नाटू’ गीतले ‘बेस्ट ओरिजिनल सङ मोसन पिक्चर’को अवार्ड हात पारेको थियो । ओस्कार अवार्डको उत्कृष्ट फिल्मको मनोनयनमा ‘आरआरआर’ पनि अटाएको थियो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add