यो मन त मेरो नेपाली हो


‘पठान’ पछी शाहरुख र दीपिका फेरी ‘जवान’ मा स्क्रिन शेयर गर्दै

एजेन्सी। ‘पठान’ सुपरहिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि अर्को फिल्ममा सँगै देखिने भएका छन्। फिल्म ‘जवान’ मा उनीहरू सँगै देखिँदै छन्। शाहरुखले यस फिल्मको एक्शन मनोरन्जनको मुख्य भागको सुटिङ पूरा गरिसकेका छन्। ‘जवान’का गीतहरूको एउटा ठूलो अपडेट आएको छ, जसले शाहरुखका फ्यानहरूलाई थप खुशी बनाएको छ ।


‘जवान’ को टिमले अब अप्रिल महिनामा १० दिनसम्म २ वटा गीतको छायांकन गर्नेछ । शाहरुख खान र नयनताराले ‘जवान’को पहिलो गीत अप्रिलको पहिलो हप्तामा मुम्बईमा सुट गर्नेछन्, जसलाई अनिरुद्धले संगीत दिएका छन्। पहिलो गीतको छायांकन सकिएपछि शाहरुख अप्रिलको दोस्रो सातामै दोस्रो गीतको सुटिङ थाल्ने बताइएको छ।दीपिका पादुकोण पनि यस गीतका लागि शाहरुख खानसँग जोडिने भएकी छन्। अब यो जोडीको लोकप्रियतालाई पुनः देख्न पाइने भएको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add