यो मन त मेरो नेपाली हो

पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको "बैमानी" सार्वजनिक / फरक रुपमा दर्शकश्रोता माझ पुष्प

नेपाली सांगीतिक आकाशमा नयाँ गायन प्रस्तुतिका  साथ गायक पेम्बा लामाको आगामन भएको छ। कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको छ।  "बैमानी " बोलको यस गीतमा  दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ।  चर्चित अभिनेता  पुष्प खड्का र मोडल कविता नेपालिको जोडदार अभिनय रहेको यस भिडियोका निर्देशक भने केशवराज भट्ट हुन्।  

कबिता र कविताको डान्स स्टेप फरक रुपमा प्रस्तुत गर्न कोरिय्ग्राफ़र सफल भएका छन्। 

दर्जनौ गीतमा आफ्नो संगीत भरेका संगीतकार  दिपक विश्वकर्माको फरक कोसेली श्रोताहरुलाई पस्केको उनले बताए ,त्यस्तै गायक पेम्बा लामा पनि कोरिएयाम बसोबास गर्ने र नेपाल तमाङ्ग घेदुङ्ग संघ कोरियाका सल्लाहाकार पनि हुन्।  गीत संगीतमा सानै देखि रुचि राख्ने उनि कोरिया बसेर गीत संगीतको साधना पनि लिरहेका छन।  उनि भन्छन "यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु , एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन , म हिजो थिए आज नि छु र भोलि पनि यहि नेपाली गीत संगीतको क्षेत्रमा नै रही रहने छु ". 


 बुधबार सार्वजनिक भएको यस गीतमा गोपाल रसाईलिको एरेन्ज रहेको छ। दुई दिन सम्म सेट लगाएर छायांकन गरिएको यस गीतको भिडियोमा  बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । लोक पप शैलिको यस  गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानि रहेको छ ।भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add