स्थानीय तहको निर्वाचन नजिकै आउंदै गर्दा बिभिन्न राजनीतिक दल र उमेदवारहरुले आफ्नो चुनाबी प्रचार प्रसारको लागी बिभिन्न गीतको भिडियोहरु एक पछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन, तर यसैबिचमा
गायक प्रकाश खरेलले फरक खालको गीतको भिडियो तयार पारेका छन। गायक खरेलले आफ्नै स्वर तथा शब्दमा "मान मान " बोलको गीत सार्वजनिक गरेका छन।
युटुब मार्फत सार्बजनिक गरिएको यस गीत “ मान मान ” मा चुनाब नजिकिदै गर्दा राम्रा उम्मेदवार छानेर भोट गर्न अपिल गरिएको छ। र्याप जनारमा तयार गरिएको यस गीतमा सामजिक विषयहरुलाइ उठान गरिएको छ।
र्याप मार्फत पनि समाजमा भैरहेका र राजनीतिमा भै रहेका गलत क्रियाकलाप प्रती आफ्ना आक्रोश पनि व्यक्त गरिएको यस गीतको भिडियो लाई ज्ञानन चित्रकारले छाँयान्कन गरेका हुन। गीतमा गायक खरेलले नै संगीत भरेका छन भने स्वर तथा शब्द पनि उनकै रहेको छ र गीतमा फरक तरिकाले प्रोफेसर ट्रिक्स र्याप लाई नि फ़िचर्ड गरेका छन् । फरक तरिकाको भिडियो प्रिजेन्टेसन भएको यस गीतका अहिले केहि अंशहरु सामाजिक संजाल टिक टकमा पनि भाईरल छन।
0 comments:
Post a Comment