यो मन त मेरो नेपाली हो


कमेडी जनरामा नयाँ फिल्म ‘तेस्का बाजे’ निर्माण हुने भएको छ ।

हालसम्म कलाकार छनोट केहि गरिएको यश फिल्मको लागि थप अन्य कलाकारहरु भने केहो दिनमा नै तय गरिने निर्माण पक्षले जानकारी दिएको छ । सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा मुहुर्त गरेर फिल्मको औपचारिक निर्माण घोषण गरियो ।

बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा कल्याण अधिकारीको निर्देशन रहनेछ । निर्देशक अधिकारीका अनुसार फिल्म सेन्टीमेन्टल कमेडी फ्लेभरमा बन्नेछ । कला राई प्रस्तुतकर्ता रहेको फिल्ममा राम महर्जन र शत्रुधन अन्सारी निर्माता छन् ।चैतको पहिलो साताबाट छायांकन शुरु हुने फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ ।निर्देशक अधिकारीले फिल्म काठमाडौं, धरान, इलाम र झापामा छायांकन गरिने बताए ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add