द यूगदेखि यूगसम्म, चपली हाइट, चपली हाइट–२, फिटकिरी, फाटेको जुत्ता, चपली हाइट–३ आदि फिल्मका निर्माता अर्जुन कुमारले नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।यस पटक उनी फिल्म निर्माताका साथै फिल्मको निर्देशकको रुपमा समेत प्रस्तुत हुनेछन् ।निर्माता अर्जुन कुमारले सोमबार राति फेसबुकमार्फत आफ्नो नयाँ फिल्मको नाम सार्वजनिक गर्दै नयाँ फिल्म निर्माणको तयारी थालेको संकेत गरेका छन् ।अर्जुनले आफ्नो फिल्मको शीर्षक ‘गोरे सार्की’ राखेका छन्, जसको स्क्रिप्ट नै तयार भैसकेको छ ।
कलाकर्मीसंग फिल्मका बारेमा संक्षिप्त जानकारी दिँदै निर्माता अर्जुन कुमारले ‘गोरे सार्की’ मार्फत आफू निर्देशकको रुपमा दर्शकमाझ आउन लागेको बताए ।‘फिल्मका बाँकी कुराहरु अहिलेलाई गोप्य, उनले भने–‘निकट भविष्यमै सम्पूर्ण कुरा जानकारी गराउने छु ।’एउटा छोटो भिडियोमार्फत अर्जुन कुमारले ‘गोरे सार्की’ फिल्मको स्क्रिप्ट प्रस्तुत गरेका छन् ।अर्जुन कुमार फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘गोरे सार्की’ का प्रस्तुतकर्ता अर्जुन कुमार नै हुने छन् ।उनले सार्वजनिक गरेको तस्बिरमा उल्लेख भएको जानकारी अनुसार यो फिल्म आगामी वर्षको कार्तिक महिनामा प्रदर्शन हुनेछ ।अर्जुन कुमारले फेसबुकको स्टोरीमा पनि सोही स्क्रिप्टको पाना पल्टिरहेको भिडियो शेयर गर्दै लेखेका छन्–’न्यू वर्क अर्थात नयाँ काम’ ।अर्जुनले फिल्मको बारेमा थप कुरा सार्वजनिक गरेका छैनन् ।
0 comments:
Post a Comment