यो मन त मेरो नेपाली हो


नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने

 विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने पक्का भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।


नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै चलचित्र हलहरुपनि खुल्ने क्रममा रहेको भन्दै चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन यहि बर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको नेफ्टाले बताएको छ ।

कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं, संयोजक पौडेलसँगै ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने अफिसियल मिति सार्वजनिक गर्नेछौं ।’ कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।

गत बर्षको चैत्र २२ लाई टुंडिखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । निर्धारित मितिमा कार्यक्रम गर्न नसकेकोमा यसबाट पर्न गएको प्रभावप्रति नेफ्टाले समस्त दर्शक, चलचित्रकर्मी, प्रायोजक तथा सुभेच्छुकप्रति क्षमा मागेको छ । साथै महामारिको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशिल बनाउने आफुहरुको दायित्व भन्दै यस कार्यमा हातेमालो गर्न समग्र चलचित्रकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई नेफ्टाले आह्वान पनि गरेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add