यो मन त मेरो नेपाली हो


भारतीय गीत ‘ओ रे पियारे’ मा नेपाली नायिका / सत्य घटनामा बन्यो म्युजिक भिडियो

नेपाली प्राबिधिकहरुको उत्कृस्ट काम भारतीय रचनाकार  दिपक ठाकुरको शब्द तथा स्वर रहेको ‘ओ रे पियारे’ बोलको गीत सार्वजनिक भएको छ । कञ्चनजङ्घा  सिने क्रीयसनको ब्यानरमा निर्माण भएको यस गीतलाई  गत केहि महिना अघि भारतको माहाराष्टको औरंगाबादको रेलवेको पट्रीमा १६ जना भारतीय मजदुरको मृत्यु भएको घटनालाई निर्देशक पल्लवीले निकै उत्कृस्ट प्रस्तुति देखाएका छन्  । जस्मा नेपाली सिनेमा नगरीको चर्चित नायिका सुरबिना कार्की र भारतीय प्रख्यात कलाकार यजुवेन्द्र प्रताप सिंहलाई फिचर्ड गरिएको छ  ।
भारतको बिभिन्न स्थानमा छायांकन गरिएको यस गीतमा कथा लाई पनि उत्तिकै सहज तरिकाले प्ले गरिएको छ । जयन्त पटनायकको संगीत रहेको यस गीतलाई निर्देशक पल्लवीले निर्देशन गरेका हुन्  । यस म्युजिक भिडियोलाई जी म्युजिक कम्पनीको आफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 
 टिकम शर्माको निर्माणमा बनेको यस गीतलाई आशातित गीतको रुपमा लिइएको छ  । यस अघि पनि निर्माता टिकुम शर्माले नेपाली नायिका रिस्ता बस्नेतलाई फिचर्ड गरेर "साथिया तेरे बिना ..." बोलको गीत सार्वजनिक गरेका थिए  । नेपाली कला र संस्कृती लगायत नेपाली कलाकारहरुलाई पनि बिशेष प्रथामिकतामा राख्ने निर्माता टिकम शर्माको आगामी दिनमा पनि थुप्रै भारतीय गीतहरु रहेको र त्यसमा पनि नेपाली कलाकार तथा प्राविधिकहरुलाई समेट्ने उनले बताउनु भयो ।
छायाकार पुरुसोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस भिडियोलाई सम्पादक बिपिन मल्लले सम्पादन गरेका हुन् । यस भिडियोका छायाकार तथा सम्पादक नेपालको राष्ट्रीय अवार्डबाट अवार्डडेड प्राविधिकहरु हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add