यो मन त मेरो नेपाली हो


सार्वजनिक भयो यो पटकको तिहार गीत / गीतमा अस्मि र सुरबिना अनि नरेन

नेपाली सांगितक आकाशमा यो पटक भने पर्वका गीतहरु त्यति धेरै सार्वजनिक भएन। पहिलेको तुलनामा यो पटक न तीजमा धेरै गीत आयो न दशैमा न त अहिले सम्म तिहारमा नै। तर यो पटक भने तिहारमा एक छुट्टै खालको मौलिक गीत "देउसीरे.." सार्वजनिक भएको छ।

संगीतकार तथा गायिका अस्मि रिसालको तिहारको नयाँ गीत "देउसीरे " सार्वजनिक भएको छ । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा नेपाली चलचित्र नगरीको चर्चित नायिका सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मि  रिसाल र दिपिका थापालाई  फिचर्ड गरिएको छ। 


नेपाली गीत लगायत भारतीय गीतमा पनि अवाज तथा अभिनय गरी सकेकी गायिका अस्मि रिसाल नेपाली सांगितक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने कोसिसमा रहेकी छिन। सांगीतिक र अभिनयको कक्षा लिएकी गायिका रिसालले यो पटकको  तिहार पर्वको लागी आफ्ना दर्शक श्रोतालाई शुभकामना स्वोरुप यो गीत "देउसीरे" सार्वजनिक गरेकी हुन् । 

यस गीतमा सौरब लामाको सिनेमाटोग्राफी ,मित्र गुरुङको सम्पादन रहेकोछ।निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको यस गीतलाई ओ एस आर डिजिटलको आफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add