यो मन त मेरो नेपाली हो


म्युजिक भिडियो ‘सागरको पानी’ सार्बजनिक/ भिडियोमा सुधिर र कन्चन फिचर्ड

नेपाली सांगीतिक आकाशमा गायक योजन राईको नयाँ गीत “सागरको पानी” सार्वजनिक भएको छ। गायक योजन राई र गायिका मेलिना राईको आवाज रहेको यस गीतमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र कन्चन खड्का लाई फिचर्ड गरिएको छ। 

गायक योजन राई र गायिका मेलिना राईको नयाँ गीत ‘सागरको पानी’ सार्वजनिक भएको छ। गायक योजन राईको “सागरको पानी” बिल्कुलै पहिलो गीत हो । इन्द्र आर पि को संगीत, दिक्षित पौडेल को एरेन्ज तथा कुशाङ शिगु लिम्बूको शब्दमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गीतको भिडियो लाई  सरोज शाहीले निर्देशन गरेका छन् ।

डेनिस खनालको छायांकनमा तयार भएको यस गीतलाई निकै रमणीय स्थान कुलेखानी आशापास छायांकन गरिएको छ । पछिल्लो समय सुधिर श्रेष्ठ अभिनित म्युजिक भिडियोहरुले सांगीतिक आकाश सफलता हात पारेको छ  र यस गीत बाट पनि  गायक योजन राई र निर्देशक सरोज शाहीले गीत र भिडियोले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add