यो मन त मेरो नेपाली हो


 

गीतकार जयाराम श्रेष्ठको गीत "मेरो देश.." चर्चामा / गीत बारे गीतकारको भनाई

बिगत लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका गीतकार जयाराम श्रेष्ठको नयाँ गीत " मेरो देश.."  हाल चर्चामा रहेको छ ।निशान भट्टराईको स्वरमा संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको गीतले युटुबमा भियोर्स कम आएपानी गीतको सकारात्मक चर्चा भैरहेको छ। संगीतकार बास्कोटाले सदैब फिल्मी फ्ल्रेबरको गीत कम्पोज र गाउनमा माहिर बास्कोटा यो पटक राष्ट्र भक्त्तिको यस  गीतको कम्पोजिसनले खास किसिमको उर्जा मिलेको बताउनु भयो ।छोटो समयमा गीतको लिरिकल भिडियो लाई दर्शक श्रोताहरुले मन पराउनु भएको छ ।करीब एक दर्जन भन्दा बढी गीतहरु रचना गरिसक्नु भएको गीतकार श्रेष्ठले यस गीत "मेरो देश..."  भने केहि महिना अघि वाहाको  ममतामाई आमा बित्नु हुँदा नेपाल आएको बखत आमाको महत्व र देशको अवस्था देखेर जुन भावना आयो तेसैलाई मनन गरी आएको भाव लाई रचनामा उतारेको बताउनु भयो ।

यस गीतको लिरिकल भिडियोको सफलता पश्चात अब यसको म्युजिक भिडियो बनाउने तयारीमा रहेको वाहाले बताउनु भयो। हाल गीतको शब्द टिक टकमा पनि निकै हिट पनि भएको छ ।

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add