यो मन त मेरो नेपाली हो


 

स्टार काष्टले भरिपूर्ण चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को दोश्रो टिजर सार्वजनिक

 काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को टिजर रिलिज गरिएको छ । घटस्थापनाको अवसर पारेर रिलिज गरिएको टिजरमा फिल्मका केही महत्वपूर्ण अंश समेटिएका छन् । अभिनेता श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानान्धरको छोरी कविता मानान्धरको मुख्य भूमिका रहेको फिल्म दिपेश सापकोटाले निर्देशन गरेका हुन् । शक्ति र कविताको यो डेब्यु फिल्म हो । सार्वजनिक टिजरामा स्टार काष्ट लाई फिचार्ड गरिएको छ ।

लामो समय सुटिङमा रुपलिएको फिल्म यसोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् भने फिल्म फिस्टेल मुभिजको ब्यानरमा बनेको हो । फिल्ममा कविता, शक्तिको अलवा र शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायको अभिनय रहेको छ । 

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add