यो मन त मेरो नेपाली हो


चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना


नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । नेपाली चलचित्र नगरीमा सफल मानिने एक्सन , कमेडी र सबै खालका अभिनय गर्न प्रखर अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र "गोवर गणेश " को प्रमोसनल गीत "अमिलो मोई .." सार्वजनिक भएको ।
 निर्कदेशक ल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको  कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र “गोवर गणेश “को गीतमा अहिलेको चर्चित नायिका एलिना रायमाझी  लाई  फिचर्ड गरिएको छ । एलिना चौहान र नीशान भट्टराईको आवाज रहेको यस गीतमा रिमेश कुमारको संगीत रहेको छ।

 जय किसान बस्नेत,  सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का , शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने लगायाताको अभिनय  रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ  । भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई  मोहन कुमार झिल्लुले खिचेका हुन ।

 हरि कुमार कटुवाल निर्माता रहेको यस सिनेमा लाई चलचित्र घर खुल्ले लगतै प्रदर्शन गरिने बताईएको छ  ।यस चलचित्रको डिजिटल सर्वाधिकार साईराम पिक्चर्स लाई दिइएको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add