सिन १
स्थान , धारा
समय , बिहान
पात्रहरु , राधा , मंगली र टेकेन्द्र
धारमा पानि भरिरहेको बेला टेकेन्द्र र राधा मायाँ पिरतीका कुरा गरिरहेका हुन्छन
जिस्किरहेका हुन्छन , त्यत्तिकैमा पानि च्यापाछाप गरिरहेको हुन्छ ।
पहिला राधाले पानि टेकेन्द्र लाई पानि च्याप्छ र तेकेन्द्रले जिस्केर राधा लाई पानि छ्याप्दा फ्लाश ब्याक आउट हुन्छ र बर्तमान समयमा केटीले राधा लाई पानि छ्यापेर भन्छ
मंगली , राधा भाउजु के भयो कहा हराउनु भाको ?र
राधा , उम् झस्केर ,,,, हैन कतै हैन मंगली
मंगली , होर कि दाईको याद आयोकी के हो भाउजु ।।। उ बेलाको धारमा जिस्केको
राधा, हास्दै ।।। उम्म हैन ।।
मंगली , ए होर ।।। अनि भाउजु दशैको किनमेल भयो त् ।। दाईले त पैसा राम्रै पठाउनु भयो होला नि ।।।।।।।
राधा , अह किनमेल भाको छैन ।।। पर्सि तिर जान्छु कि बजार सायद
मंगली , ए ए होर भाउजु मैले त् नयाँ डिजाइनको धोति कुर्था र हिल जुत्ता किनी सकेनि भाउजु ।।।।
राधा , होर ।।।?
मंगली , होनी राधा भाउजु कस्तो महँगो लियो ।।।। उ पानि भर्यो भाउजु।।
राधा गाघ्री उठाएर मेरो नि नयाँ डीजईनाकै कुर्था बनाउने हो ,,गहना त अस्ति अर्डर देको छु लिन नि जानु छ ।।।ल मंगली म लागे है बुवा लाई र छोरोलाई खाना दिन पर्ने हत्तार भयो पछि फेरी भेटेर कुरा गरौला है ।।।
यत्तिकै मा राधा जान्छे र मंगलिले टाढा बाट भन्छे
मंगली , राधा भाउजु बजार संगै जाउ है बजार मेरो पनि किनमेल छ ।।।।
राधा , ए ल ल पर्सिको लागी तयार गर है त् ।।।।।
सीन २
स्थान , घरको आँगन
समय , बिहान
पात्रहरु , राधा , टेकेन्द्र बुवा र नाती
आँगनमा नाति पधीराको हुन्छ , हजुर बुवा आफ्नै काम गरिरहेको हुन्छ संगै झ्यालमा फोन हुन्छ छोरा पढिरहेको हुन्छ , एक्कासि फोन बज्छ तर बुवाले सुनेको हुन्न ,,,, एक पटक फोन आउछ फेरी कट भएर पुन फोन आउछ र नातिले भन्छ
नाती ,, बुवा ममीको मोबाईलमा फोन आयो
बुवा , कसको हो हेर हेर ।।।
नाती ,,, उ बाबा को फोन आयो विदेश बाट विदेश बाट
नातिले फोन उठाएर दिन्छ र बुवाले हेलो भन्छ
टेकेन्द्र ,, बुवा दर्शन
बुवा ,,, चस्मा खोल्दै । भाग्य मानि भएस बाबु ,,,,
टेकेन्द्र , सन्चै हुनुहुन्छ बुवा ?
बुवा ,, हामीलाई ठिक छ बाबु अनि तलाई कस्तो छ नि आफ्नो ख्याल गरेस है बाबु ।
टेकेन्द्र , ठिक छु बुवा ,,, अहिले काम गर्न अलिकति गारे छ ,,,, आफ्नो देश जस्तो कहा हुन्छ र बुवा ,,,, अनि राधा खै त् बुवा ? अनि छोरा राजन नि ?
बुवा ,,,, बुहारी पधेरामा पानि लिन गकी छिन नाति याहा मसंगै छ तेरो फोन सुनेर बसिराको छ ,,,
टेकेन्द्र ,, दशैँ आईसक्यो के कस्तो रौनक छ बुवा गाउ घरमा ?
बुवा ,,, यो पटक दशैँ अलिकति खल्लो होला जस्तो छ बाबु ।।। यो माहमारिले गर्दा गाउँमा चाहलपल पनि कम छ बाबु,,,,त् यताको चिन्ता नगर बाबु हामि जसो तसो मनाउन्छौ दशैँ ।।।
राधा आईपुग्छे
बुवा ,, यो पटक माहोल पनि रार्मो छैन छोरा त् आफ्नो चाहि ख्याल राख्नु
बुहारीले आँखा तरेर ससुरा लाई हेर्छे र फोन खोस्छे उताबाट आवाज आउछ
टेकेन्द्र , बुवा मेरो तलब केहि दिनमा आउछ म सक्दो चाडो पठाई दिन्छु नि है ।।।।
राधा स बुवा नातिलाई लिएर भित्र जानु भयो ,,,, अनि घरमा एक रुपिया छैन ,,आयो भने पठाई दिन्छु भनेर हुन्छ ?
टेकेन्द्र ,,, तिमीलाई थाहा छ त अहिले काम राम्ररि भएको नै छैन ,,
राधा , त्यो त् मलाई पनि थाहा छ तर पनि वर्ष दिनको चाड हो ,,अरुलाई देखाउनकै लागी भए पनि राम्रो संग मनाउने पर्यो नि ,,,
टेकेन्द्र ,, ल ल ठिक छ म के कति हुन्छ हेरेर पठाई दिन्छु
राधा ,,,हेरेर हैन जसरि पनि पठाई दिनुस ,,, हामीलाई नभए पनि छोरा र बुढो हुनु भएको बुवाको लागी भए पनि राम्रो त् गर्नु पर्यो नि ।।।
टेकेन्द्र ,,,, हुन्छा म १ २ दिनमा पठाई दिन्छु ,,,,बुवाको राम्रो ख्याल गर्नु है ।।।।
राधा ,,, तपाईको बुवा मेरो पनि त् बुवा हो नि।।।।। यताको चिन्ता लिन पर्दैन ,,,, मिलाएर अलि अलि खर्छ पथाईदिनुस ,,
टेकेन्द्र ,,,, हुन्छ,,,, ल ल सुप्पर भाईजर आउने बेला भयो मैले फोन राख्छु।।।। छोरा लाई सोधेको छु भन्देउ है ।।।।
राधा ,, हुन्छ
दुबैले फोन काट्छ ,,,टेकेन्द्र साबेल बोकेर काममा लाग्छ,,,राधा गाघ्री बोकेर
भित्र जान लाग्दा बुवा ले भन्छ ।
बुवा ,,, बुहारी छोरालाई पैसा पठाउन किन कर गरेकि ।।। बिचराको पनि काम त्यति भएको छैन
राधा ,, बिदेशमा पैसा कमाउन गएको मान्छे लाई पैसा पठाउनु नभनेर अरु कसलाई पठाउन भन्नु त् पैसा कमाउन गको हँन ?
बुवा ,,, भए पनि ,,, कमाई छैन भन्छ ।।।
राधा ,,,दशैको बेलामा पनि पैसा नपठाए कहिले पठाउने त् ? दशैँ त् मान्नै पर्यो ।
बुवा ,,,, साधारण तरिकाले मनाउदा हुन्न र बुहारी ,,,,
बुहारी ,,, एक जोर कपडा हाल्न्नै पर्यो ,,,दुई चौटा भएपनि मासु खान दिने पर्यो ,,त्यसको लागी पानि त् पैसा चाहियो नि ।।।।।
बुवा ,,,, मनले मनाउने हो दशैँ बुहारी,,, धनले हैन नि ।।।
बुहारी ,,,,आ आ भनेको जस्तो कहाँ हुन्छ र ,,अनि यसरि नशोधि अब देखि मेरो फोन नउठाउनु होला ,,,,, के थाहा नभएको कुरा गरेर छोरालाई भाँड्ने पो गरेको छ कि ।।।
बुवा ,,,,बुहारी तिमीले यो के भनेकी ,,,,मैले तिम्रो बारेमा छोरा लाई भाडेर के गर्नु छ र ?
बुहारी ,,,,,अब के गर्ने सोच बनाउनु भको छ त्यो त मलाई के थाहा नि ।।।
तर पनि अब देखि मेरो फोन नउठाउनु होला।।।।
त्यति भन्दि बुहारी भित्र जान्छे र नातिले हजुर बुवा लाई भान्छ
राजन ,,, बुवा किन हजुरलाई ममीले जहिले नि कराउनु हुन्छ?
बुवा ,, कराको हैन नि बाबु माया पो गरेको हो त् ।।
राजन , माया पनि यस्तो हुन्छ र बुवा ?
बुवा ,,,बाबु तिमीले अहिले बुझ्दैनौ ,,,पछी ठुलो भएपछी सब्बै कुरा बुझ्ने हुन्छौ ।
राजन ,,,, कहिले हुन्छु बुवा म ठुलो ?
बुवा , बिस्तारै हुन्छौ बाबु ,,,जाउ अब खाना खाने हात धोएर आउ ,,,
नाति हात धुन जान्छ र बुवा नजिकैको कुर्सीमा बसेर टोलाउछ ।।।
सन ३
स्थान , चौर
समय , बिहान
पात्रहरु , राधा , सुमित ,नाति , बुवा ,टेकेन्द्र
राधा बारीमा घास काट्दै गरेको हुन्छ उता बाट सुमित आउछ र भन्छ
सुमित , भाउजु आराम हुनुहन्छ ?
राधा ,,,ठिक छु अनि तिम्रो के छ खबर सुमित
सुमित । ठिक छु भाउजु ,,, अनि सुन्नु न आमा नि आज बजार जाने भन्नु भएको छ तपाई के गर्ने हो रे सोध्न पठाउनु भएको मलाई ?
राधा ,, जाने हो भन्दिनु बाबु ,,, दाईले पैसा आज पठाउछु भन्नु भाछ जाने हो भन्दिनु है आमा लाई ।।
सुमित ,, ए ए ल ल भाउजु ,,म गए हैत् गिरि आमा नि जाने भन्नु भाको थियो सोध्न जान्छु
राधा ,, ल ल म बाबु ,,,
कट टु घर
नाति फोनमा बोलिरहेको हुन्छ
टेकेन्द्र ,,,ममी खैत् बाबु ?
राजन ,,ममी बारीमा घास लिन जानु को छ ।
टेकेन्द्र , अनि हजुर बुवा कता हुनुहुन्छ नि ?
राजन , बुवा भित्र रेडियो सुनेर बसिरनु भएको छ ,
टेकेन्द्र , बुवा लाई सन्चै छ नि हैन बाबु ,,,,अन्नी तिमीलाई कस्तो छ राजन ,,,,?
राजन ,,,, अ बुवा लाई सन्चै छ म नि ठिक छु ,,
राधा अईपुग्छे तर राजनले देख्दैन ,,
राजन ,, तर मामिले बुवा लाई सधै कराउनु हुन्छ , बुवा लाई ममीले मायाँ नै गर्नु हुन्न जस्तो छ ,,
राधा आउछे र फोन खोस्दै भन्छे
राधा ,,,तपाई पनि बच्चा संग के के सोध्नु हुन्छ ?
टेकेन्द्र ,,,मैले केहि सोधेको छैन राधा ,,बाबु आफैले भन्दै थियो ममी बुवा के के कुन्नि ,,,
राधा ,, बच्चाको कुरामा बिस्वास गर्नु हुन्छ तपाई नि ? उस्लाई साईकल चाहियो भन्दै थियो मैले अहिले पर्दैन भनेको थिए त्यसैले रिसाएर भन्यो जस्तो छ बाबुले ।।। मैले नसक्ने भए तपाईको छोरा लाई ।।।।।
टेकेन्द्र ,,राधा मैले बुवा लाई तिम्रो जिम्मा लगाएर आएको छु ,,,,मेरो बुवा लाई छोराको कमि हुन कहिले पनि नदेउ है ,,,,बुवाको मन सारै कमलो छ चित्त नदुखाउ है बुवाको ?
राधा ,,, मेरो बिस्वास छैन भने सोध्नुष न बुवा लाई नै
टेकेन्द्र ,,, ल भयो छोड यी कुरा मैले पैसा पठाको छु निकाल्न्नु ।।।दशैँ राम्रै मनाउनु है ?
राधा ,,,अनुहारमा मुस्कान क्ल्याउदै । हुन्छ तपाई पनि आफ्नो ख्याल राख्नु है म टिकाको दिन भिडियो कल गर्छु
टेकेन्द्र । ल हुन्छ आफ्नो र परिवारको ख्याल राख्नु है हस बाई।।
राधाले फोन काट्न लाग्दा बुवा भित्र बाट बाहिर आँगनमा आउछन ,राधाले बुवा लाई कराउदै भान्छा
राधा ,,हैन तपाईले आफ्नो छोरा बुहारीको घर बिगार्न लाग्नु भएको ?
बुवा ,,,बुहारी तिमि यो कस्तो कुरा गर्दै छेउ।।।।। मैले तिमीहरुको घर किन बिगार्नु ?
राधा ,,, किन बिगार्नु हुन्छ त् मलाई के थाहा ? बच्चा लाई नचाहिदो कुरा सिकाएर झुट बोल्न्न लगाउने ?
बुवा ,,मैले केहि भएको छैन बुहारी बाबु लाई ,,
राधा ,,,मलाई सब्बै थाहा भैसक्यो राम्रो मुखले भनेको छु बस्न मन लाग्छ राम्रो संग बस्नुस हैन भने अरु केहि सोच्नुस ।
राधा रिसाएर भित्र जान्छे र छोरा लाई बोलाउछ राजन आउ लुगा लगाउन हामि बजार जाने भन्छे ,,, बुदा संगैको कुर्सीमा बस्छ र छोरा लाई विदेश पथादाको पलर अन्य कुरा सम्झेर टोलाएर बस्छ ,,,
सिन ४
स्थान , घरको आँगन
समय , साझ
पात्रहरु , राधा ,नाति , बुवा
राधा र राजन कुरा गरिरहेको हुन्छ
राजन ,, ममी ममी भोलि त् दशैको टिकाको दिन हामि सब्बै जनाले नयाँ लुगा लगाउने अनि बुवाले के लगाउनु हुन्छ
राधा ,,,के किन के लगाउनु हुन्छ ?
राजन ।।।अस्ति बजार जादा तपाइले मेरो र तपाईको लागी मात्र किनेको हैन नया लुगा ? अनि बुवा लाई खैत् ?
राधा,,, चुप बढी नबोल
भित्र झ्याल बाट बुवाले सुनिरहेको हुन्छ ।
राजन ,,, बाबा ले बुवा लाई नि नयाँ लुगा किनिदिनु भएको हैन र ?
राधा ,, धेरै बढी नबोला ,,चुप लागेर भित्र जाउ कुचो लिएर आउ आँगन सफा गर्नु पर्यो ।
राजन ,,अरुका बुवाले कति राम्रो लुगा लगाउनु हुन्छ तर हाम्रो बुवाले भने दशैका बेलामा मात्रै भएपनि नयाँ लुगा लगाउनु पर्छ नि हामीले जस्तै ।
राधा ,, लगाउन कपडा नभएको होर ? मैले तलाई भनेको छु नि धेरै हजुर बुवा हजुर बुवा भन्ने हैन ,,
राजन ।।, किन बुवा लाई तपाईले माया गर्नु हुन्न ?
राधा ,,,तेरो बाबाले नकाराउने भए उहिले घर बाट लखेटी दि सक्थे
भित्र झ्याल बाट बुवाले सुनिरहेको हुन्छ ।
राधा ,, कहिले काही त यस्ता बोझहरु पनि यति धेरै किन वाचछन् जस्तो लाग्छ ।
राजन ,, बुवा लाई त्यस्तो भन्नु हुन्न ,,,, सुन्नु भयो भने के हुन्छ ?
राधा ,,केहि फरक पर्दैन मलाई ,भोलिको टिका सकिएपछी बुडालाई मैले राम्रो ठेगान लगाउछु
जा कुचो लिएर अईजो ,,,
सिन ५
स्थान , घरको आँगन
समय , बिहान
पात्रहरु , राधा ,नाति , बुवा
टिकाको दिन राधाले घर सफा गरेर नयाँ लुगा लगाएर सब्बै टिकाको समान आँगनमा रेडी गरेको हुन्छ र भित्र राजन लाई बोलाउछ ।।।
राधा ।।राजन राजन ल बाहिर आउ टिकाको साईत हुन लाग्यो ।।।
राजन भित्र बाट नयाँ लुगा लगाएर आउछ र राधा लाई भान्छ
राजन।ममी नयाँ लुगामा कस्तो देखिएको छु म ?
राधा ,,एकदम राम्रो ,,सुहाएको छ , बुवा लाइ बोलाउ टिका लगाउन लाई
राजन ,,हस बन्दै घर भित्र जान्छ
राधा बाहिर तयारी गर्दै गरेको हुन्छ राजन भित्र बाट हातमा चिट्ठी लिएर बाहिर आउछ ।।
राजन ,,ममी बुवा भित्र कतै हुनुहुन्न बुवाको कोठामा खाटमा यो चिट्ठी थियो ,, बुवाको केहि लुगा नि छैन भित्र ,,,
राधा झस्किन्छे ,,,
र छोरा लाई चिठी पढ्न भन्छे ,,
राजनले हस भन्दै चिठ्ठी पद्छ
नाति तिमीलाई धेरै आशिर्बाद ,,,धेरै ज्ञानी बन्नु ठुलो मान्छे बन्नु निरोगी हुनु दशैको शुभकामना तिमीलाई ।आज टिकाको दिन तिमीहरुको निधार खालि गरेर जाने मन त् थिएन तर म बाध्य भए ,,
अब चिट्ठी बुहारीले पढ्छ
बुहारी मैले तिमीलाई छोरी जस्तै मानेको थिए तर बुहारी लाई छोरी बनाउन सकिन ,त्यसैले तिम्रो बोझ बन्न चाहिंन , नाती राजन लाई ठुलो मान्छे बनाउनु छोरा लाई मैले आफैले घर छाडेको भनिदिन्छु ,,तिमीलाई अफ्ठेरोमा पार्दिन
यो दशैमा तिम्रो निधार सम्म मेरो हात पुगें मेरो भाग्यमा थिएँन ।।छोरीको सुख पाईंन बुहारी लाई छोरी बनाउन सकिन माफ गरिदेउ बुहारी ।।रातो टिका र जमरा नातिलाई लगाएर आशिर्बाद दिन नसकेपनि टाढै बाट सधै आशिर्बाद छ नाति लाई ।।दशैँ राम्रो संग मनाउनु छोरा आउने बेला सम्म बाचेछु भने म पक्कै आउछु ,,, मेरो भागको सम्प्पति सब्बै नाति राजनको नाममा गरेको कुरा तिमीलाई आज भन्दै छु नातिलाई ठुलो र ज्ञानी र सस्कारी बनानु बुहारी आसिर्बाद ,,,,
पत्र पढेर सक्के पछी राधा र राजनाको आँगनमा नै रुवाबासी हुन्छ राजनले भन्छ ममी देख्नु भो तपाईको गल्तीले आजको दिन पनि हजुरको निधार खालि भयो ।।।मैले त् तपाईको हातबाट टिका लगाउला तपाईलाई कसले लगाई दिन्छ ?
राधाले मनोलग खेलाउछे ।।।
मैले ठुलो गल्ति गरे म अभागी हो आजको दिनमा पनि ठुला बडाको आश्रिबार्द पाउन सकिन न टिका नै लाउन पाए ।।।क्यामेरा आकाशमा पुग्छ







0 comments:
Post a Comment