यो मन त मेरो नेपाली हो


रिया चक्रवर्ती जेलबाट छुटिन्

एजेन्सी। एक महिना हिरासतमा रहेपछि बलिउड अभिनेत्री रिया चक्रवर्ती अन्ततः जमानतमा छुटेकी छिन् । भाइ शोविक चक्रवर्तीको भने जमानतको आवेदन खारेज भएको छ । बाम्बे हाइकोर्टले रियालाई सशर्त जमानत दिएको हो । सुशान्तका स्टाफ म्यानेजर सामुएल मिराण्डाले पनि जमानत पाएका छन् । 


नारकोटिक्स कन्ट्रोल ब्यूरोले भने अदालतले दिएको जमानतविरुद्ध अपिल गर्ने बताएको छ । रियालाई एक लाख रुपैयाँ धरौटीमा छाडिएको हो । रियाले अदालतमा पासपोर्ट बुझाउनु पर्नेछ र उनले मुम्बइ बाहिर जानको लागि अदालतको अनुमति लिनु पर्नेछ । सोधपुछका लागि बोलाएको समयमा उपस्थित हुनुपर्नेछ । रियालाई एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add