यो मन त मेरो नेपाली हो

लोकगायक प्रेमराजा महत दम्पतीले कोरोना जिते

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।

हाल अमेरिकामा रहेका गायक महतले गत अगस्त ७ मा आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका महतले कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत नै दिएका छन् । 

महतले इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले आफूहरुलाई हिम्मत दिएको बताउँदै त्यसले कोरोनालाई परास्त गर्ने सफलता मिलेको बताएका छन् । महतले आफूहरु संक्रमित भएको सार्वजनिक गरेपछि विश्वभरबाट नेपालीहरुले उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।संक्रमणमुक्त भएपछि महतले कोरोनालाई सानो रोग नमान्न तथा ठूलो हो भनेर नडराउन पनि आग्रह गरेका छन् । उनले डाक्टर, नर्स अनि डब्लूएचओले दिएका सरसल्लाह, नियमलाई पूर्णरुपमा पालना गर्न समेत सबैलाई आग्रह गरेका छन् । साथै कोरोना संक्रमण मुक्त भएको व्यक्ति पहिलेझै सामान्य हुने बताउँदै संक्रमणमुक्त भएका व्यक्तिसंग डराउनु नपर्ने उल्लेख गरेका छन् ।
कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add