यो मन त मेरो नेपाली हो

अलिसासंग नाचौं, पुरस्कार जितौं

राम्रो नृत्यांगना हुन अलिसा शर्मा । नृत्य बिधामा बिशेष गरेर युवा पुस्तामांझ लोकप्रिय अलिसा अब एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडिने भएकी छिन । अलिसा र युवा पुस्ताका युवा युवतीबीचको नृत्य क्षमतालाई सामाजिक सन्जाल मार्फत उजागर पार्न यतिबेला एजुकेसन एण्ड माइग्रेसन कर्नरले अलिसासंगको सहकार्यमा इएमसी टिक-टिक डान्स डुयट च्यालेन्ज विथ अलिसा शुरू गर्ने भएको -‘ बिध्यार्थीहरूले यो प्रतिस्पर्धालाई आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्न पाउंने अबसरको रूपमा लिनु हुने कुरा प्रति हामी ढुक्क छौं -‘ एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए ।

नृत्य प्रतिस्पर्धामा पहिले अलिसाले एउटा सजिलो नृत्य गरेर ह्यासट्याग एजुकेसन एण्ड माइग्रेसन कर्नर ह्यासट्याग इ एम सी डुयट च्यालेन्ज लेखेर टिकटकमा हालेर पोस्ट गर्ने छिन । बिध्यार्थीहरूले त्यही ह्यासट्याग प्रयोग गरी अलिसासंग डुयट गर्नु पर्ने छ । डुयट भिडियोमा धेरै हटको साइन पाउनेले च्यालेन्ज जित्ने जानकारी दिइएको छ । अलिसासंग डुयट गरिएको भिडियो धेरै सेयर गरेर धेरै भ्यूज पाउन सकिने कुरा अलिसाले बताईंन । यो च्यालेन्जमा दुईवटा ह्यासट्याक अनिवार्य प्रयोग गर्नु पर्नेछ र,यो नियम पुरा नगर्नेले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छैनन् । यो च्यालेन्जमा सन २०२० सेप्टेम्बर ७ देखी २०२० अक्टोबर ६ सम्ममात्र सहभागिता जनाउनु पर्नेछ । च्यालेन्ज जित्नेले २५००० नेपाली र ३ सय अष्ट्रेलियन डलर पुरस्कार स्वरूप प्राप्त गर्ने छन । यो च्यालेन्जमा नेपाल र अष्ट्रेलियामा रहेका नेपाली बिध्यार्थीहरूले सहभागिता जनाउन पाउंने छन । च्यालेन्जको रोमान्चक कुरा के छ भने बिजेताले अलिसासंग रियल टिकटक भिडियो पनि खेल्न पाउने छन ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add